काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) कार्यकर्ताहरुले आज पनि पोखराको शहिदिचोकस्थित शहिद पार्कभित्रबाट सरकारविरुद्ध नाराबाजी गरेका छन्।
पार्टी सभापती रबी लामिछानेलाई जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहिद पार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले विरोध जनाउँदै चर्को नाराबाजी गरेका हुन्।
गत मंगलबार पनि रास्वपाका कार्यकर्ताहरुले अदालतबाट प्रहरी हिरासतमा लैजाने क्रममा निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजी गरेका थिए। आज पनि रास्वपाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्ने आशंकामा प्रहरीले निषेधित क्षेत्र प्रवेशमा कडाइ गरेको थियो। निषेधित क्षेत्रमा प्रवेश गर्न चाहने पत्रकार, संचारकर्मी, कानून व्यवसायी र कर्मचारीलाई परिचय पत्र देखाउन अनिवार्य गरिएको थियो।
यद्यपि, रास्वपाका नेता तथा कार्यकर्ताहरुले शहिद पार्कभित्रै जम्मा भइ रबी लामिछानेलाई हिरासतमा फर्काउँदा नाराबाजी जारी राखेका थिए। यस अघि प्रहरीले पार्कभित्र जम्मा भएका कार्यकर्ताहरुलाई हटाउने प्रयास गरेको थियो, तर उनीहरुले विरोध गरेका थिए।
यसैबीच, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ। अन्य प्रतिवादीहरुको थुनछेक बहस सकिएपछि अब अदालतको आदेश आउने अनुमान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तम प्रसाद पौडेलले बहिबार साँझसम्म पार्टी सभापति लामीछानेलाई हिरासतबाट मुक्त हुने दाबी गरेका छन्।
प्रतिक्रिया