काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको बताएका छन् ।
बिहीबार विपद् जोखिम न्यूनीकरणसम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हाम्रो भूगोल नै उच्च विपद् जोखिममा रहेको बताएका हुन् ।
उनले भने, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौं । हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितीमा छ । कतिपय प्राकृतिक जोखिमहरु छन् । कतिपय मान्छेले बनाएको जोखिमहरु छन् । धेरै जोखिमको अवस्थामा हामी रहेका छौं ।’
साथै उनले विपद् जोखिम न्यूनीकरण हामी सबैले मिले मात्र सम्भव हुन बताए । उनले सबै मिलेर अगाडि बढे पूर्वानुमान, सूचना र तत्काल उद्धार गर्ने विषयमा सफल हुन सकिने बताए ।
प्रतिक्रिया