काठमाडौं । नेपालको प्रमुख इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा भव्य ‘वर्ल्डलिंक कार्निभल’ आयोजना गर्ने भएको छ। यो कार्निभल पामे, चङ्खपुरमा हुने ‘अन्तर्राष्ट्रिय बलुन फेस्टिवल’को पाँचौं दिन, २८ डिसेम्बर, शनिबार, बिहान ९ बजेबाट बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ।
वर्ल्डलिंकका अनुसार, यस कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरू, बालबालिकाहरूका लागि खेलहरू, र रमाइला खेलहरूको व्यवस्था हुनेछ। कार्निभलको प्रमुख आकर्षणमा ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुती रहेको छ भने, विभिन्न स्थानिय कलाकारहरूको बेजोड प्रदर्शन पनि हुनेछ। चर्चित कार्यक्रम प्रस्तोता सुजिता श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछन्, र चर्चित डिजे ‘डिजे एमी’ पनि आफ्नो प्रस्तुति दिनेछन्।
यसैगरी, कार्निभलमा ‘पबजी’ प्रतियोगिता, ‘बिट द स्पीड’ प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि आयोजना गरिनेछ। ‘बिट द स्पीड’ प्रतियोगितामा १४५ कि.मी. प्रति घण्टा भन्दा माथि बलिङ्ग गर्न सफल प्रतियोगीलाई ‘आईफोन १६’ उपहारस्वरूप प्रदान गरिनेछ।
सहभागी हुनेहरुको लागि वर्ल्डलिंकले पामेसम्मको निशुल्क बस सेवा प्रदान गर्ने पनि जनाएको छ। कम्पनीले नागरिकहरूलाई आफ्ना परिवारका साथ कार्निभलको रमाइलो अनुभव लिन पामे, चङ्खपुरमा उपस्थित हुन आमन्त्रण गरेको छ।
प्रतिक्रिया