काठमाडौं । पुस ७ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा कुल १३ प्रतिशत लाभांश वितरण गर्ने नागरिक लगानी कोषले घोषणा गरेको छ ।
कम्पनीले यस वर्ष ७ प्रतिशत बोनस शेयर र कर समेत ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया