काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ। यो अभियान यही पुष १ गतेदेखि २४ गते सम्म लागू हुनेछ।
कम्पनीले जानकारी गराएको अनुसार, पुनर्जागरण अभियान अन्तर्गत बीमालेखको अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिनेछ । कम्पनीले ग्राहकलाई नवीकरण नगरेको बीमालेखको रक्षावरण गुम्ने र विलम्ब शुल्कको भार बढ्ने चेतावनी दिएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो ग्राहकलाई यस सुनौलो अवसरको फाइदा उठाई बीमालेख नवीकरण गर्न आग्रह गरेको छ।
कम्पनीले जीवन बिमा सबै नेपालीको लागि अनिवार्य भएको र यसको माध्यमबाट बिमित र उनका परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताएको छ।
प्रतिक्रिया