Logo

मुख्य समाचार

महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै



काठमाडौं । एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ  ।

खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो ।

प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।

आजको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग खेल्नेछ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ७ : ५९ बजे