काठमाडौं । सोलुखुम्बु जिल्ला स्थित लिखुपिके गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश कुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जिवन सुबेदी माथि भ्रष्टाचारको मुद्धामा विशेष अदालतले दिइएको सफाई विरुद्ध अख्तियारले पुनरावेदन मुद्धा दायर गरेको छ । विशेष अदालतले मिति २०८१।०८।२५ मा सुनाएको फैसला अनुसार, प्रतिवादीहरूलाई सफाइ दिएको थियो ।
आयोगको आरोप अनुसार, प्रतिवादीहरूले निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा, झुट्टा बिल भरेर रु ६ लाख ६० हजार रकम भुक्तानी गरेको भन्ने आरोप दायर गरिएको थियो । लेखा परिक्षणमा रु. ६० हजार मात्र दाखिला गरिएको थियो । जसले रु ६० लाख बराबरको हानिनोक्सानी पुर्याएको दाबी अख्तियारले गरेको छ । तर, विशेष अदालतले भने, प्रतिवादीहरूले सो कार्य एकलौटी मनोगत आधारमा गरेको भन्न नमिल्ने निर्णय गरेको छ।
अदालतको फैसलामा विवादित लिखतमा दाताबाट रकम बुझिएको र भुक्तानीको प्रक्रिया सामान्य रहेको देखिएको थियो। यसका अतिरिक्त, प्रतिवादीहरूले जग्गा प्राप्त गर्दा, निःशुल्क दानपत्रमा उल्लिखित प्रक्रिया अनुसार कार्य गरेको र कुनै हिनामिना नभएको अदालतको भनाइ रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस फैसलालाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । आयोगको दाबी अनुसार, प्रतिवादीहरूले नक्कली कागजात तयार गरी रकम असुल्ने प्रयास गरेका थिए। आयोगले अदालतको फैसला त्रुटिपूर्ण भएको र भ्रष्टाचारको कुसूर ठहर गर्नुपर्ने दाबी गरेको छ।
प्रतिक्रिया