Logo

मुख्य समाचार

हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य बृद्धि



काठमाडौं । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ ।

विभागका महानिर्देशक डा। नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८।५९ करोड ९७ लाख ३६५।४ को राजस्व संकलन भएको छ । तर २०२३ मा यो संख्या ७।८५ करोड मात्र थियो ।

आरोहण अनुमतिको संख्या १६३ रहेको छ, जसमा आरोहण गर्नका लागि अनुमति प्राप्त हिमाल ४७ र देशगत आरोहण विवरण ७३ छन् ।

कुल आरोही संख्या २२४५ रहेको छ, जसमा ३०१ महिला र १९४३ पुरुष छन् । यस वर्ष सफल आरोहण गर्ने महिला ८२ र पुरुष ५४३ जना रहेका छन् ।

यस वर्ष आरोहणका क्रममा ८ जनाको मृत्यु भएको छ । कुम्भकर्ण हिमालमा १, धौलागिरीमा ५, लाङ्टाङ लिरुङमा १ र पान्ध्रा हिमालमा एक पोर्टरको निधन भएको विभागले जनाएको छ । मृतकहरूको शव काठमाडौं ल्याउन विभाग र एजेन्सीले बैठक बसेर सम्बन्धित दूतावासमार्फत आफन्तलाई बुझाएका छन् ।

२०२३ मा आरोहण अनुमति संख्या १७४, आरोहण लिएका हिमाल ५४ र देशगत आरोहण विवरण ७६ रहेका थिए । यस वर्षको तुलनामा २०२३ मा जम्मा आरोहीको  संख्या २४०७ थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : ३५ बजे