Logo

मुख्य समाचार

देवताले नसकेको युद्ध देविले जितिन् तर महिनावारीको बेला देविकै मन्दिर जान नदिनु दुखद्  : सभापति दहाल



काठमाडौं । विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दहालले महिनावारी फरक ठाउँमा फरक नामाकारण भएको बताएकी छन् ।

आइतबार छैठौं अन्र्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै  ठाउँमा छुन नहुने तथा कुनै  ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।

उनले  भनिन् , ‘महिनावारी फरक ठाउँमा फरक नामाकारणका रुपमा स्थापित छ । कुनै  ठाउँमा छुन नहुने तथा कुनै  ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गरिएको  छ ।  हाम्रो देशभित्र विभिन्न जाती, समुदाय जुनजुन ठाउँमा जसरी बसोबास छ त्यसरी नै  हामीले  अलग र  फरक तरिकाले यसको सम्बोधन गर्नुपर्छ । ’

साथै  उनले  महिनावारी अशुद्दको  प्रतिक भनेर  छुट्याएकोमा  दुख लागेको  बताइन् । उनले  ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले  जित्न नसकेको  युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जान नदिनु  दुखःद  कुरा भएको  बताइन् । 

उनले भनिन्,‘ महिनावारी अशुद्दको  प्रतिक भनेर  छुट्याइनु दुखद् कुरा हो ।  ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले  जित्न नसकेको  युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जान नदिनु  दुखःद  विषय हो। 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : १६ बजे