काठमाडौं । स्वतन्त्र निजामती कर्मचारी अभियानको केन्द्रीय संयोजक पशुपति पोखरेलले मंसिर १७ गतेदेखि सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छ ।
उनले सहरी विकास मन्त्रालयले समय नपुगि कर्मचारीलाई सरुवा गर्ने काम गरेको भन्दै मंसिर १७ गतेदेखि आजसम्म निरन्तर रुपमा दिनको ४ घण्टा धर्ना बस्ने गरेको छ ।
उनले भने, ‘मंसिर १७ गतेदेखि दिनको ११ बजेदेखि ३ बजेसम्म सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छु । सहरी विकास मन्त्रालयले समय नपुगिकन कर्मचारीलाई सरुवा गर्ने काम गर्छ । डिजि देखि आयोजना प्रमुखहरु फेरेर विकासको काम गर्नुपर्ने ठाँउमा कर्मचारीलाई उथलपुथल तलकाथि पारेर लेनदेनको काम गरेर कर्मचारीको सरुवा गर्ने काम गर्छ ।
निश्चित मापदण्ड बनाएर सरुवा गर्ने काम गर्नुपर्ने भन्दै ऐन नियम विपरित गरिएका, सरुवाहरु बदर गर्नुपर्ने पनि उनको माग रहेको छ ।
उनले भने, ‘यसलाई निश्चित मापदण्ड बनाएर सहरी विकास मन्त्रालयले यस्ता काम गर्नुपर्छ भनेर यहाँ बसेको छु । कर्मचारीहरुलाई राम्रो तरिकाले काम गर्न दिनुपर्छ । ऐन नियम विपरित गरिएका, अवधि नपुगि गरेका सरुवाहरु बदर गर्नुपर्छ ।
यसको साथै, उनले विकास गर्ने मन्त्रालय विकासको बाटो छोडेर हिनेको भन्दै सुशासनको लागि धर्ना बसेको पनि बताए ।
उनले भने, ‘सहरी विकास मन्त्रालय भनेको एउटा विकास गर्ने मन्त्रालय हो । विकासको बाटो कोर्नुपर्ने ठाँउमा कर्मचारीको सरुवा तिर लागि रहेको छ । यस कारण सुशासनको लागि म यसरी धर्ना बसेको छु । यो काम पूरा नभएसम्म निरन्तर रुपमा लाग्ने छु ।
प्रतिक्रिया