Logo

Breaking News 1

हुस्सु तथा एकदुई स्थानमा कुहिरो, यातायात तथा हवाई सेवामा क्षणिक असर पर्न सक्ने



काठमाडौं । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । आज बिहान देशभर मौसम मूख्यतया सफा रहेको छ । तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ ।

कुहिरो र हुस्सुले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा क्षणिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले आज राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ६ : २४ बजे