काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो २५ वर्षे नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक लाइसन्सको नवीकरण सम्पन्न गरेको छ।
२०८१ मंसीर महिनामा संस्थाले यी लाइसन्सहरू नवीकरण गरेर आफ्नो विश्वसनीयता र क्षमता थप बलियो बनाएको हो । संस्थाले विगतमा मर्मत सम्भार शुल्कसँग सम्बन्धित संवैधानिक हकको प्रयोग गर्दै कानुनी प्रक्रियामा संलग्न भएकोमा थियो र सर्वोच्च अदालतको निर्णय पछि यो मुद्दाको एक कडी समाप्त भएको छ। अदालतको निर्णयलाई सम्मान गर्दै वर्ल्डलिंकले आफ्नो कानुनी दायित्व पूरा गरेको जनाएको छ।
संस्था आफ्ना ग्राहकहरूको भरोसामा रहेको र यस कठिन प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ। विशेष गरी, बैंकहरूले तुरुन्तै ऋण उपलब्ध गराउँदा र देशभरका ग्राहकहरूले सेवा र गुणस्तरमा विश्वास राख्दा संस्थाले आभार व्यक्त गरेको हो।
वर्ल्डलिंकले आफ्नो सेवा अझै अत्याधुनिक र ग्राहकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ। यसका साथै, नेपालका हरेक कुना,काप्चामा आफ्नो सञ्जालको विस्तार गर्दै सबैलाई गुणस्तरीय सेवा पुर्याउन तत्पर रहेको संस्थाले विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया