Logo

कर्पोरेट

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नगरेका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुटका साथ पुनर्जागरण अभियान सुरू गरेको छ। यो अभियान मंसिर १६ गतेदेखि २८ गतेसम्म लागू हुनेछ।

पुनर्जागरण अभियानअन्तर्गत, बीमालेखका धारकलाई एकपटक मात्रै ब्याज छुटको सुविधा प्रदान गरिने छ। कम्पनीका अनुसार, यदि बीमालेख अवधिभित्र नवीकरण नगर्ने हो भने बीमितले  रक्षावरण गुमाउनुका साथै  विलम्ब शुल्क पनि तिर्नु पर्ने सानिमा लाइफ इन्स्योरेन्सले जनाएको छ।

यस किसिमको अवसरको फाइदा उठाउँदै, कम्पनीले सबै बीमालेख धारकलाई नवीकरणको लागि आग्रह गरेको छ।

अन्ततः, हरेक नेपालीलाई बिमाको दायरामा ल्याएर, बीमित र उनका आश्रित परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा अनिवार्य रहेको समेत सानिमा लाइफ इन्स्योरेन्सले उल्लेख गरेको छ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ३५ बजे