काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले ब्रेस्टविरुद्ध जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना ३–० ले विजयी भएको हो ।
बार्सिलोनाका लागि रोबर्ट लिवान्डोस्कीले खेलको १०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १–०को अग्रता दिलाएका थिए ।
त्यस्तै ६६औँ मिनेटमा डानी ओल्मोले बार्सिलोनालाई २–० को अग्रता दिलाए । त्यस्तै खेलको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै ब्रेस्टविरुद्ध ३–० को जित सुनिश्चित गरे ।
प्रतिक्रिया