काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले शुक्रबार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो ।
दोस्रो हाफमा निरन्तर गोलको अग्रता बनाइरहेको खेलमा अन्तिम क्षणमा रोनाल्डोले पोस्टको छेउबाट सानदार ‘एक्रोब्याटिक’ गोल गर्दै टिमको फराकिलो जित निश्चित गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सबै पाँच गोल पोर्चुगलले दोस्रो हाफमा गरेको दबाबपूर्ण प्रदर्शनमा संभव भएको थियो ।
राफाएल लियाओले हेडर मार्फत पोर्चुगलले ५९ औं मिनेटमा सुरुवाति गोल गरेको थियो । यसबाहेक, आर्सनल डिफेन्डर याकुब किभियोरले पेनाल्टी एरिया भित्र फाउल गरेपछि पोर्चुगललाई पेनाल्टी दिइयो । रोनाल्डोले उक्त बललाई बललाई जाली चुमाउँदै टिमको अग्रता दोब्बर बनाए । यो जितसँगै पोर्चुगल लिग ए को समूह १ को विजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ ।
प्रतिक्रिया