Logo

मधेश प्रदेश

वीरेन्द्र प्रसाद शाह कानु भ्रष्टाचारको आरोपमा पक्राउ, विशेष अदालतमा आरोपपत्र दायर


३० कार्तिक २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । जिल्ला बारा, सिम्रौनगढ नगरपालिका अन्तर्गत निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु भ्रष्टाचारका आरोपमा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसरिसवत लिनुको कारण पक्राउ गरेको हो।

सूचना प्राप्त भएपछि आयोगको हेटौडा कार्यालयबाट खटिएको टोलीले वीरेन्द्र प्रसाद साह कानुलाई सेवाग्राहीबाट रु. ७८,००० (अठत्तर हजार रुपैयाँ) घुसरिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा, वीरेन्द्र प्रसाद साह कानुले बिल भुक्तानीको लागि सेवाग्राहीसँग रकम मागेको र उक्त रकम लिन सफल भएको पुष्टि भएको बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्र प्रसाद साह कानुको खिलाफ भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दफा ३ को उपदफा ९१० बमोजिम आरोप लगाएको छ। यसअन्तर्गत, बिगोको रकम रु. ७८,००० राखेर उनलाई जेल सजाय र जरिवानाको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

सम्बन्धित कानूनी प्रक्रिया अघि बढाइएको र आरोपीको अदालतमा पेशी प्रक्रिया सुरु भएको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ३५ बजे