Logo

मुख्य समाचार

‘अहिलेको विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो’


२६ कार्तिक २०८१, सोमबार  

69
Shares

बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन यहाँ आइपुगेका छन् ।

उनलार्ई यहास्थित  हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा अजरबैजानका  न्याय मन्त्री फरिद अहमदोले स्वागत गरेका थिए ।

भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्वन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिवद्धता प्रकट गरेको रकÞम लगानी गर्न तथा कार्वन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अन”सार मन्त्री अहमदोले अहिलेको सम्मेलनको मुख्य विषय नै त्यही भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने बताएका थिए ।

उनले अजरवैजानमा नेपालका जस्ता पहाड़ नभए पनि यहाँका हिमाल पग्लिएर  पानीको स्रोत सुकेको जानकारी समेत गराएका थिए ।

यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन ९कोप–२९० मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा अजरबैजान आइपुगेका हुन् ।

सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : ३१ बजे