Logo

Breaking News 1

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


२० कार्तिक २०८१, मंगलबार  

92
Shares

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ । वाग्मती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ६ : ४३ बजे