Logo

मुख्य समाचार

सरकारले भ्रष्टाचारको फाइल टुंगोमा पुर्याउन सक्दैन : पाण्डे


१२ कार्तिक २०८१, सोमबार  

69
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सरकारले भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पु¥याउँछ भन्ने विषयमा जनतामा आशंका रहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको भन्दै भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पु¥याउँछ भन्ने विषयमा जनतामा आशंका पैदा भएको बताए ।

उनले भने,‘अहिले जनताको तहमा जति भ्रष्टाचार निवारणका कुरा होस् या अरु विषयमा सरकारी निकायले जनताले अनुभूति गर्ने गरेर काम गरेका हामीलाई लागेको छैन् । अहिले देशमा भएका भ्रष्टाचारका फाइल धेरै छन् । विगतको सरकारले जसरी यसलाई अघि बढाउन खोजेको थियो, त्यसलाई सक्रियताकासाथ टुङ्गोमा पु¥याउने काममा अख्तियारले अघि बढाउँछ भन्ने विषयमा थुप्रै आशंकाहरु  पैदा भएका छन् ।’

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : ०५ बजे