Logo

Breaking News 1

कतारसँग नेपाल पराजित


१० कार्तिक २०८१, शनिबार  

69
Shares

एएफसी यु–१७ एसियन कप २०२५ को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारमा जारी प्रतियोगितामा शुक्रबार राति नेपाल घरेलुटोलीसँग ५–० गोल अन्तरले पराजित भएको हो ।

नेपालविरुद्धको खेलमा कतारका कप्तान जैद फैसलले दोस्रो लगातार खेलमा गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । खेलको २१औं मिनेटमा याजन मोहम्मदले कतारका लागि पहिलो गोल गरेका थिए ।

त्यसपछि कप्तान फैसलले खेलको ४५औं, ५६औं, र ८२औं मिनेटमा ह्याट्रिक पूरा गरे । उमर अल–मर्जुकीले पनि गोल गर्दै कतारको फराकिलो जीतमा योगदान गरे ।

कतार जारी छनोटमा ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा जापान पनि समान ६ अंकका साथ गोल अन्तरले गर्दा अगाडि छ । अब कतारको आगामी खेल जापानविरुद्ध हुनेछ । नेपालले भने आफ्नो अन्तिम खेल मंगोलियाविरुद्ध खेल्दै छनोटको यात्रा समाप्त गर्नेछ ।

नेपाल पहिलो खेलमा जापानसँग ९–२ गोल अन्तरले पराजित भएको थियो । कतारले पहिलो खेलमा मंगोलियालाई २–० ले हराएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ०६ बजे