Logo

खेलकुद

एसी मिलानको च्याम्पियन्स लिगमा पहिलो जीत



काठमाडौं । इटालियन क्ल्ब एसी मिलानले युइएफए च्याम्पियन्स लिगमा पहिलो जीत दर्ता गरेको छ । लगातार दुई खेलमा पराजित भएको एसी मिलानले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब ब्रुगलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान सान सिरोमा भएको खेलमा नेदरल्यान्ड्सका खेलाडी तिज्जानी रेजिन्डर्सले दोस्रो हाफमा दुई उत्कृष्ट गोल गरे, जसले मिलानलाई २०२४ को प्रतियोगितामा पहिलो तीन अंक दिलायो । खेलको ३४ औं मिनेटमा क्रिस्टियन पुलिसिकले कार्नरबाट सिधै गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा नाइजेरियन मिडफिल्डर राफाएल ओन्येडिकाले रेजिन्डर्सलाई गरेको फउलको लागि रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा रहे पनि ब्रुगका किरियानी साब्बेले ५१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

६१ औं र ७१ औं मिनेटमा तिज्जानी रेजिन्डर्सले गोल गर्दै एसी मिलानलाई ३–१ को अग्रता दिलाए । ८८ औं मिनेटमा १६ वर्षीय फ्रान्सेस्को कामार्दाले हेडरबाट गोल गरेपनि अफसाइडका कारण रद्द भयो ।

जसले युइएफए च्याम्पियन्स लिगमा नाम लेखाउने अवसर गुमाए । अन्ततः एसी मिलान ३–१ गोल अन्तरको पहिलो जीत दर्ता गर्न सफल भयो । च्याम्पियन्स लिगको अर्को खेलमा एसी मिलानले रियल मड्रिडसँग खेल्ने छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : ५३ बजे