Logo

कर्पोरेट

कामना सेवा विकास बैंकले वितरण गर्यो नगद लाभांश


६ कार्तिक २०८१, मंगलबार  

69
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश कात्तिक १ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गर्न सुरु गरेको छ ।

कम्पनीले ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत वर्षको मुनाफाबाट यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गरेको थियो । 

बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । असोज १४ गतेसम्म धितोबन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त गरेपछि मात्र नगद लाभांश वितरण गरिने भनाई कम्पनीको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 यस कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र वितरण हुने अविमोच्य असञ्चिति अग्राधार शेयर जारी गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : ३९ बजे