Logo

Breaking News 1

मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


२४ आश्विन २०८१, बिहिबार  

92
Shares

काठमाडाैं । कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको तथा देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ७ : २७ बजे