Logo

Breaking News 1

‘एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुन्छ ?’


१५ आश्विन २०८१, मंगलबार  

69
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । उनका अनुसार सरकारले सात सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिको छ ।

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानीय आवास बनाउने व्यवस्था मिलाइएको बताए । क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए ।

गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार आठवटा टोली बनाएर क्षतिग्रस्त आठ जिल्लामा पठाइएको बताए । यातायात संचालन गरी मुल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको बताए । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेको उनको भनाइ थियो ।

गृहमन्त्री लेखकका अनुसार नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो । उनले भने,‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला सेनाले हेलिकप्टर उठाउने भिजिविलिटी नभएको बताउनु भएको थियो । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन । चार हजार भन्दा बढीको सरकारले उद्धार गरेको छ । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन।’ सरकारले अहिले पनि राहत र उद्धारको काम भइरहेको गृहमन्त्री लेखकले बैठकमा सुनाए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ३२ बजे