Logo

Breaking News 1

यी एजेन्डामा छलफल गर्न तीनवटा संसदीय समितिको बैठक बस्दै


१५ आश्विन २०८१, मंगलबार  

92
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे नै सिंहदरबारमा बस्नेछ ।

बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुनेछ । छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आमन्त्रण गरिएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : १५ बजे