Logo

खेलकुद

टी–२० : दोस्रो खेलमा आज ओमानसँग खेल्दै नेपाल



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको आफ्नो दोस्रो खेल आज खेल्दै छ ।आफ्नो दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्ने छ । खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ ।

नेपाली टोली लिग–२ शृङ्खला अन्तर्गत क्यानडामा आफूले खेलेका चारमध्ये एक खेलमा पनि विजयी हुन सकेकाे छैन । ओमानविरुद्धको एक खेल वर्षाका कारण रद्द भएकाले नेपालले एक अङ्क हात पारेको थियो ।

त्यसपछि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्गत शृङ्खलाको आफ्नो पहिलो खेलमा पनि नेपाली टोली आयोजक राष्ट्र क्यानडासँग १४ रनले पराजित हुन पुग्यो । पहिलो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : २८ बजे