Logo

Breaking News 1

प्रतिकुल मौसमले हवाई उडान प्रभावित


११ आश्विन २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् ।

खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका बुद्ध एअरले जनाएको छ । पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु रहेपनि अन्य गन्तव्यहरुमा उडान हुन नसकेको कम्पनीले जनाएको छ ।

विमानस्थल प्रशासनका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले केही विमानसथलमा हवाई सुचारु रहेपनि माउनटेन फ्लाइटहरु रद्द भएका छन् । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावले
देशभर वर्षा भइरहेको छ । जसकारण हवाई तथा सडक यातायात प्रभावित भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : १८ बजे