Logo

कर्पोरेट

अनुसन्धान विभाग को आयोजनामा उपभोक्ता मूल्य सूचकांक तथ्यांक सार्वजनिक



काठमाडौं । उपभोक्ता मूल्य सूचकांक (आधार वर्ष २०८०/८१) सार्वजनिक गरिएको छ । बुधबार नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आयोजना गरेको एक कार्यक्रमका बीच उपभोक्ता मूल्य सूचकांक  सार्वजनिक गरिएको हो । 

सूचकांक सार्वजनिक गर्दै विभागका उपनिर्देशक सुमन श्रेष्ठले यो सूचकांक सबै जिल्लाबाट मूल्य संकलन गरेर तयार पारिएको जानकारी दिए । जसमा ८७ वटा बजारबाट ५२५ वस्तुहरूको मूल्य स्याम्पल लिइएको छ । 

मूल्य सूचकांकको तथ्यांक पहिलेको भन्दा फरक तरिकाले संकलन गरिएको उनले बताए । पहिले बढि खर्च हुने वस्तुहरूमा अहिलेकम खर्च हुने गरेको पाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १ : ४० बजे