Logo

Breaking News 1

प्रहरी निरीक्षक सनम मल्ल भारतमा पुरस्कृत


४ आश्विन २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । मित्रराष्ट्र भारतको सरदार बल्लभ भाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित बेसिक ट्रेनिङ कोर्ष फर आइपिएस अफिसर २०२३ तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् ।

मल्ललाई द बेस्ट जेन्टलम्यान प्रोबेशनर फर पीटि पुरस्कारद्वारा पुरस्कृत भएका हुन् ।

दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।

सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी पाँच जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : १७ बजे