Logo

राजनीति

पार्टी–पङ्क्तिमा निराशा पैदा नगरेर आशाको सन्देश दिनुपर्छ : अध्यक्ष नेपाल


४ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जनतालाई  आशाको सन्देश दिनुपर्ने बताएका छन् ।

शुक्रबार नेकपा एस बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई  सम्बोधन गर्दै  अध्यक्ष नेपालले आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताएका हुन् ।

उनले  भने, ‘निराश हुनेहरुको काम निराशा पैदा गर्ने मात्रै हो । आशा पैदा गर्ने काम आशावादीहरुको हो । हामीले आशाको सन्देश दिने हो । आजसम्मको अनुभवले  बताएको  छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन । आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ । जनताको विश्वास जित्छ, संगठन बनाउँछ । संगठनलाई  देशव्यापी रुपमा बलियो बनाएर लान्छ ।’

साथै उनले कतिपय पार्टीकानेता–कार्यकर्ताले पार्टी र पार्टीप्रति विश्वास नगर्ने जनतामा निराशा पैदा गर्ने काम गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत हो । धेरैपटक छुट दिइयो, अब छुट दिन सकिँदैन । पार्टी–पङ्क्तिमा निराशा पैदा नगर्नुस् । पार्टीप्रतिका जनताका विश्वासलाई कमजोर बनाउने काम नगरौं । जे पायो त्यही नलेख्नुस् । आफ्नो ठाउँमा बस्नुस् । धेरै रिस उठ्यो भने घरमा जानुस्, सिरक ओढेर सुत्नुस् । एक हप्ता कोहीसँग नबोली बस्नुस् । तर, पार्टीका प्रति त्यसरी निराशा पैदा नगर्नुस् । ’

उनले चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँड्ने निराशा पैदा गर्ने सबैलाई  कारवाही हुने समेत बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : २९ बजे