Logo

अर्थ

बढ्यो सुनको मूल्य


४ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५७ हजार १ सय रुपैयाँ रहेको छ ।                                         

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला एक लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक हजार ५ सय रुपैयाँले बढेको हो ।   

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।  

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ११ : २२ बजे