Logo

मुख्य समाचार

‘संविधानको मर्म अनुसार काम गर्न सकिएन, स्थानीय तहहरुलाई मर्ज गरेर ५०० मा झारौैँ’



काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताएका छन् ।

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरुलाई एकीकृत गरेर पाँच सयभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताएका हुन् ।

उनले भने,  ‘बलियो र  सवच्छ सुदृढ संघीय सरकार होस्, स्थानिय पालिकाहरुलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनीमै जाउँ, अहिले  धेरै पालिकाहरु मर्ज भएर शिक्षाको दृश्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ । हामी मर्म अनुसार काम गर्न सकिरहेका छैनौं । ’

साथै उनले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताए ।

उनले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा अन्यौलता सिर्जना भइरहेको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  २ : १० बजे