Logo

राजनीति

सातबुँदे सहमति कार्यान्वयन हुन्छ, दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : गगन थापा



काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सातबुँदे सहमति कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले दुई वर्षपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।

सातबुँदे सहमति कार्यान्वयनका लागि वातावरण बनाउने विषयमा पनि पार्टी लाग्नुपर्ने बताए । महामन्त्री थापाले सोही सहमतिको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताए ।

“एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमतिको आधारमा सरकार गठन भएको छ । सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ । दुई वर्ष सरकार चलिसकेपछि पार्टी सभापति आदरणीय माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ । यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौँ,” थापाले भने ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ३४ बजे