Logo

मुख्य समाचार

बाग्लुङ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त


२८ भाद्र २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन जनाको ज्यान जानेगरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  २ : ५० बजे