Logo

विशेष

यो बर्ष कस्तो रह्यो त व्याङ्क्युटहरुमा दर कार्यक्रमको चहलपहल ?



काठमाडौ । नारीहरुको माहान् चाड हरितालिका तिजमा दर खाने चलन रहेको छ । पछिल्लो समय दर व्याङक्युटहरुमा खाने गरेको पाइन्छ ।

विभिन्न व्याङ्क्युटहरुबाट प्राप्त जानकारीअनुसार यो बर्ष गत बर्षको तुलनामा दर कार्यक्रमका लागि व्याङ्क्युटहरु कम बुकिङ भएको पाइएकाे छ । व्याङ्क्युट सञ्चालकहरुको अनुसार व्याङ्क्युटहरु धेरै ठाउँमा सञ्चालनमा आएका र ग्राहकहरु पर्खिन नचाहेकाले पनि कम बुकिङ भएको बताउँछ छन् ।

हेरौ यो बर्ष,कुन व्याङ्क्युटमा कति भए दरको लागि बुकिङ ?

काठमाडौंको बुद्धनगरमा रहेको डिडिआइ व्याङ्क्युटमा भने यो बर्ष जम्मा एउटा मात्रै दर कार्यक्रमको लागि बुकिङ भएको छ । तिजको अघिल्लो दिनको लागि मात्रै बुकिङ भएको छ । व्याङ्क्युट अलिक भित्र भएकाले पनि बुकिङ कम भएको हुनसक्ने व्याङ्क्युटका कर्मचारीले बताए । यो व्याङ्क्युट सञ्चालनमा आएको झन्डै ९ बर्ष बिति सकेको छ ।

कुपोन्डोल व्याङ्क्युटमा भाद्र ७ गते देखि नै भने दर कार्यक्रमको बुकिङ भएको सञ्चालकले जानकारी गराए । ललितपुरमा रहेको यो व्याङ्क्युट सञ्चालनमा आएको १४ बर्ष बिति सकेको छ ।

त्यस्तै, लर्ड प्यालेस व्याङ्क्युटमा १२ दिन अगाडि नै दरको लागि बुकिङ भएको थियो । यस व्याङ्क्युटमा झन्डै ७/८ वटा दर कार्यक्रम भई सकेको छ । टोखामा रहेको यो व्याङ्क्युट सञ्चालनमा आएको ४ बर्ष भई सकेको छ ।

कार्की व्याङ्क्युट सञ्चालनमा आएको १० बर्ष बिति सक्यो । बबरमहलमा रहेको कार्की व्याङ्क्युटमा भाद्र १० गते देखि नै दर कार्यक्रमका लागि बुकिङ भएको हो । यस व्याङ्क्युटमा तिजको अघिल्लो दिनसम्म कार्यक्रमका लागि बुकिङ रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  २ : २२ बजे