Logo

राजनीति

पार्टीप्रति आस्था भएपनि सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएतापनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा ‘कर्मचारी’ पुस्तक बिमोचन) कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएतापनि कर्मचारीले असहयोग गर्यो भने सरकारको काम पूरा नहुने भएकाले सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन । कोइ कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला । जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ । कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुदैन । त्यसकारण यसमा सबै पार्टी समर्थित कर्मचारी भएतापनि सरकारको निणर्य लागु गर्ने काम उनीहरुको कर्तव्य हो ।’

उनले निर्वाचित सरकारले बनाएका नीति नियमहरु कार्यान्वयन गर्ने काम निजामति कर्मचारीहरुको रहेको निर्वाचित सरकार र निजामति कर्मचारी सरकारीबीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताए ।

उनले भने, ‘निजामति कर्मचारीलाई स्थायी सरकारका रुपमा लिइन्छ । निर्वाचित सरकार अस्थायी सरकार र निजामति कर्मचारी स्थायी सरकार गरि दुईवटा सरकारका रुपमा लिइएको छ । निजामति कर्मचारीहरु अवकाश नहुञ्जेलसम्म रहिरहन्छ भने निर्वाचित सरकार निश्चित समयपछि फेरिन्छ । जित्यो भने रहने हार्यो भने जाने । नीति नियमहरु एकीकृत निर्वाचीत सरकारले बनाउने हो । त्यसको कार्यान्वयन गर्ने काम निजामति कर्मचारीहरुको हो । त्यसैले यी दुई सरकारबीचमा सहकार्य र समन्वयको आवश्यकता छ ।’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : २९ बजे