Logo

मुख्य समाचार

अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको छ : मन्त्री अधिकारी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवको अवसरमा सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको वास्तबिक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजिकरण र परिणाममुखी बनाउने सुझाव दिनुपर्ने ठाउँमा सहकारी जति सबै खराब हुन भन्ने गलत ट्रेन्ड चलिरहेको बताएका हुन् ।

उनले भने,‘अहिले सहकारीप्रति विभिन्न किसिमका होहल्ला फिजाउने काम भएका छन् । कतिपय कुराहरु हामी नयाँ परिवर्तनमा आएका छौं । ऐनमा यो कुरा मिलेन अहिलेको वास्तबिक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति यो कुरा ऐनमा मिलेन, सुधारेर जानुप¥यो भन्नुप¥यो, तर ति कुराहरुलाई सुझावको रुपमा सहजिकरणको रुपमा र परिणाममुखी बनाउने रुपमा भन्दा सहकारी भनेको सबै खराब हुन भन्ने ट्रेन्ड चलिरहेको छ ।’

उनले सरकारले सहकारीका समस्या समाधान गर्नका लागि सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेको बताए ।

उनले भने,‘हामीले सहकारीका समस्या समाधान गर्नका लागि अहिले देखिएका सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेका छौं ।’

उनले काम गर्न खोज्दा खोज्दै पनि सिमित श्रोत र साधनको कारण काममा ढिलाई हुने गरेको गुनासो समेत गरे ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : २३ बजे