Logo

मुख्य समाचार

त्रिविका ११ आंगिक क्याम्पस प्रमुखका लागि दरखास्त आह्वान



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पस प्रमुखका लागि दरखास्त आह्वान गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै त्रिविको क्याम्पस प्रमुख छनोट समितिले काठमाडौं उपत्यकाका तीन र देशबाहिर ७ क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो ।

आवेदन दिनका लागि सात दिनेको समयसीमा तोकिएको छ ।

सूचनामा उल्लेख भएअनुसार प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहाको लागि क्याम्पस प्रमुख माग गरिएको छ।

त्यसैगरी रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गर्न चाहेको त्रिविले जनाएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : ३४ बजे