काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।








प्रतिक्रिया