Logo

कर्णाली प्रदेश

कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन



काठमाडौं  । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको दैलेख कालिकोट खण्डमा पर्ने मालाचौर, दहीखोला र किट्टुभीरमा ठूलो पहिरो खस्दा सडक अबरूद्ध भएको हो । 

बुधबार खसेको पहिरोले अबरूद्ध सडक खुलाउने गरी निरन्तर पहल भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । 

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोप नारायण पौडेलले पहिरो पन्छाउने काम भइरहेको र सडक संचालनमा आउन केही समय लाग्ने बताए।

उनका अनुसार मालाचौर र किट्टुभिरमा ठुलो‌ पहिरो खस्दा सडक पुरै बगाएको छ। ‌उक्त ठाउँमा नयाँ कटिङ्ग गर्नुपर्ने अवस्था रहेको उनले बताए ।   पहिरो हटाउन नेपालगञ्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइएको बताइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  २ : ०२ बजे