Logo

Breaking News 1

यस्ताे छ आजकाे माैसम


१४ भाद्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : २६ बजे