Logo

कर्पोरेट

हिमालयन लाईफ ईन्स्योरेन्स : प्रमुख कार्यकारी अधिकृतमाथि कोशी प्रदेश प्रमुखले लगाए गम्भिर आरोप



काठमाडौं । हिमालयन लाईफ ईन्स्योरेन्सका कोशी प्रदेश प्रमुख (ACEO) भूपराज पराजुलीले प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णलाई गम्भिर आरोप लगाउदैँ स्पष्टिकरण पेश गरेका छन् ।

२०८१ भाद्र ४ गते गम्भिर आरोप हुने खालका विषय समावेश गरि स्पष्टिकरण पेश गरेका हुन् । २०७४ साल भाद्र १५ गतेदेखि कोशी प्रदेश प्रमुखका रुपमा कार्यरत पराजुलीलाई २०८१ भाद्र ४ गतेबाट लागु हुने गरी सुदुरपश्चिम प्रदेशमा सरुवा गरिएको थियो । आफु इमान्दार र अब्बल कर्मचारी भएको, विभिन्न पुरस्कारबाट पुरस्कृत भएतापनि बिना कारण आफूलाई सरुवा गरिएको भन्दै आफ्नो सरुवा नियमित नभई ह्यारेसमेन्ट गर्न र कर्मचारी नियमावली अनुसार नभएको उल्लेख गरेका छन् ।

साथै, उनले आफू हेड अफिसको नजिकको मान्छे नभएको कारण आफू विरुद्ध कम्पनीले नियोजीत र दबावपूर्ण ढङ्गबाट सरुवा गरिएको हुदाँ आफूलाई मानसिक रुपमा विक्षिप्त बनाएको स्पष्टिकरणमा लेखेका छन् ।

उता यहि विषयमा कुराकानी गर्दा प्रमुख कार्यकारी अधिकृत कर्णले भने कोशी प्रदेश प्रमुखको सरुवा नियमित प्रक्रिया भएको बताए । “हाम्रो कम्पनीले व्यापार व्यवसाय गर्ने भएकाले त्यसैको उपलब्धीका आधारमा कार्यरत कर्मचारीको सरुवा कार्यालयको नियमानुसार हुने गर्दछ र अन्य विषय भने बेकारका कुरा हुन् । धम्की दिने विषय कर्मचारीको नैतिक जिम्मेवारीले गर्न मिल्दैन भन्दै अरु केहि फरक विषय भए आफूले बुझेर अगाडि बढ्ने” कर्णले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  २ : ३८ बजे