Logo

विश्व

मंगल ग्रहमा जमिनभन्दा ३ फिट मुनि भेटियो पानी



काठमाडौं । युरोप स्पेस एजेन्सी (ईएसए)ले मंगल ग्रहमा जमिनभन्दा केवल ३ फिट मुनि ठूलो मात्रामा पानी फेला परेको जनाएको छ।

मंगल ग्रहको ग्रान्ड कानयोनमा ठूलो मात्रामा पानी फेला परेको हो। डेलमेलका अनुसार एक्सो मार्स ट्रेस ग्यास अर्बाइटर (टीजीओ)ले मंगल ग्रहको जमिनमुनि ठूलो मात्रामा पानी रहेको फेला पारेको हो। 

ईएसएका अनुसार भल्लेस मरिनर्सको सतहभन्दा तीन फिट मुनि पानी फेला परेको हो। उक्त क्षेत्र ३ हजार ८६२ किलोमिटरमा फैलिएको छ।

पानी नै पानीले भरिएको यसको क्षेत्रफल नेदरल्याण्ड्स देखको आकारबराबरको रहेको ईएसएले बताएको छ।

यसअघिका अनुसन्धानले मार्टियन तहमा पानी बगिरहेको सम्भावित संकेत पत्ता लगाएका थिए । 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : २७ बजे