Logo

विश्व

स्टाफलाई कोरोना संक्रमण भएपछि मिस वर्ल्डको ग्रान्ड फिनाले स्थगित



काठमाडौं । मिस वर्ल्डको ग्रान्ड फिनाले स्थगित भएको छ । मिस वर्ल्ड आयोजकले आफ्ना सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छ।

प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि आज हुने भनिएको फिनाले विज्ञप्ति जारी गर्दै स्थगित भएको हो।

प्रतियोगिता स्थगित भएसँगै प्रतियोगीहरू स्वदेश फर्कने भएका छन्। आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र पुनः कार्यक्रम गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५२ बजे