Logo

मुख्य समाचार

जसपा नेपालले गठन गर्यो कोसी नामकरणविरुद्ध आन्दोलन परिचालन समिति


३२ श्रावण २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।

हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट कोसी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार राई, जयराम यादव, डा के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका छन् । 

केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सङ्घर्ष समिति गठन गरेको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : २९ बजे