Logo

राजनीति

माओवादी बैठक सुरु, प्रचण्डले जवाफ दिँदै


३१ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेको महासचिव देव गुरुङले जानकारी दिए ।

साउन २५ गते सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी प्रस्ताव पेस गरेका थिए । चार दिनसम्म चलेको छलफल र बहसमा नेताहरूले नीति, नेतृत्व र पार्टी निर्माणको सम्बन्धमा गम्भीर प्रश्न उठाएका थिए ।

बैठकमा उठेका प्रश्नको जवाफ प्रचण्डले दिएपछि बैठक आजै सकिने गुरुङले बताए । स्थायी समिति बैठक बस्नुअघि प्रचण्डले पदाधिकारीसँग झण्डै २ घण्टा छलफल गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ३ : १३ बजे