Logo

मुख्य समाचार

यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


३१ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीबाट उनले २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अधिकृत रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धान हुँदा सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिस्टमा एक व्यक्ति पास भएको तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टममा ‘फेल’ देखिएको थियो । ती व्यक्तिसँग उनले २० हजार रुपैयाँ घुस लिई विवरण सच्याएको अनुसन्धानमा पाइएको अख्तियारले जनाएको छ ।

दायर गरिएको मुद्दामा रेग्मीसँग २० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  २ : २६ बजे