Logo

समाचार

बियोण्ड बेइजिङ्ग समितिले राष्ट्रिय महिला सम्मेलन गर्ने


३१ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । गैरसरकारी संस्थाहरूको राष्ट्रिय महिला सञ्जाल संस्था बियोण्ड बेइजिङ्ग समिति (बिबिसी) नेपालले बेइजिङ्ग प्लस ३०को राष्ट्रिय प्रमाणीकरण कार्याशाला र राष्ट्रिय महिला सम्मेलन आयोजना गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले यही ३२ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,ललितपुरमा राष्ट्रिय प्रमाणीकरण कार्याशाला समानान्तर सत्र र राष्ट्रिय महिला सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रदेश स्तरीय बेइजिङ्ग+३० को समीक्षाबाट प्राप्त उपलब्धी, चुनौति, सिफारिस, नवोदित सवालहरू र विज्ञहरूद्वारा तयार गरिएको मसौदा दस्तावेजको तथ्याङ्कहरुलाई थप समीक्षा गरी प्रमाणीकरण गर्नका लागि कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

विज्ञप्तीमा लेखिएको छ,‘प्रदेश स्तरीय बेइजिङ्ग+३० को समीक्षाबाट प्राप्त उपलब्धी, चुनौति, सिफारिस, नवोदित सवालहरू र विज्ञहरूद्वारा तयार गरिएको मसौदा दस्तावेजको तथ्यांकहरुलाई थप समीक्षा गरी प्रमाणीकरण गर्न यही मिति २०८१ श्रावण ३२ गते तअनुसार अगष्ट १६ तारिख शुक्रबारका दिन बेइजिङ्ग +३० को राष्ट्रिय प्रमाणीकरण कार्याशाला समानान्तर सत्र र राष्ट्रिय महिला सम्मेलन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा आयोजना गर्दैछौं ।’

यस अवसरमा विगत पाँच वर्षमा महिलाका सवालमा भएका कार्यक्रमहरूको समीक्षा गर्दै संयुक्त राष्ट्र संघमा नागरिक समाजको तर्फबाट पेश गर्न ‘काठमाडाै घोषणापत्र’जारी गर्ने कार्यक्रम तय गरिएको पनि समितिले जानकारी दिएको छ ।

यसका साथै राष्ट्रिय सम्मेलनबाट पारित भएको घोषणापत्रलाई नेपाल सरकारका सबै तह, निकाय र क्षेत्रमा पैरवी गर्न यो दस्तावेजको उपयोग गरिने जनाइएको छ । जसले लैङ्गिक समानता, बालिका र महिला सशक्तिकरणको सवाललाई थप जोडका साथ महिला र बालिकाको आवाजहरू स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुऱ्याउन अवसर प्रदान गर्ने समितिको विश्वास छ ।

सम्मेलनमा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, युवा, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायहरू, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, विभिन्न (स्वास्थ्य, शिक्षा, वातावरण) क्षेत्रका विज्ञहरू, विभिन्न क्षेत्रका पेशाकर्मीहरू, महिला मानवअधिकारकर्मीहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नागरिक समाजका प्रतिनिधिहरूको र केही सरकारकारी प्रतिनिधिहरूको सहभागिता रहने छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  १ : ३९ बजे