Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक सुरु, टीआरसी विधेयक पारित गर्नुअघि शीर्ष नेताहरूले सम्बोधन गर्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकबाट टीआरसी विधेयक पारित गर्नुअघि आज शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदै छ । सदनमा विधेयकउपर छलफलका क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ ।

त्यसपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : २६ बजे