Logo

मुख्य समाचार

‘तारागाउँबारे मन्त्रालयले सूचना लिइसकेको छ, अब एक्सनमा काम हुन्छ’



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशमा गैरकानुनी ढंगले अरु कोही पोषिने र राज्य लुटिने अवस्था रहेको बताएका छन् ।

आइतबार सिहंदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको तारागाउँ विकास समिति साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा भएको छलफलमा उनले तारागाउँ रिजेन्सी होटल्सलगातसँगको सबै सूचना र तथ्यहरु लिएर मन्त्रालयलाई जवाफ पनि आइसकेको जानकारी गराए । उनले मन्त्रालय  र तारागाउँ समितिको काम गर्ने सिलसिलामा ढिलासुस्ती र पहलकदमीको कमी देखिएको बताए ।

‘राज्यलाई क्षति पुर्याउनेगरी बिभिन्न निकायहरु गलत अभ्यासहरु हुने गरेको देखिन्छ । इतिहास हेर्दा संस्थाकै रुपमा अगाडि बढेको देखिन्छ । तारागाउँ रिजेन्सी होटल्सलगायतसँगको सबै वास्तविकता र तथ्यहरु मन्त्रालयलाई जवाफ पनि आइसकको अवस्था छ,’उनले भने,‘ अख्तियारमा पनि उजुरी परेको र अख्तियारले केही निर्देशन मन्त्रालयलाई र तारागाउँ समितिलाई दिइसकेको छ । मन्त्रालय  र तारागाउँ समितिले काम गर्ने सिलसिलामा आफ्नै पनि ढिलासुस्ती र पहलकदमीको कमी देखियो । त्यसैले यसको विस्तृत अध्ययन गर्नुपर्ने, निचोडमा पुग्नुपर्ने र गैर कानुनी ढंगले अरु कोही पोषिने र राज्य लुटिने अवस्थाबाट मुक्त गरिनुपर्छ ।’

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तारागाउँको नाममा धेरै जग्गा जमिन हेटाल रिसोर्ट राखेको छौं । त्यो सबै सरकारको निम्ती बोझ भएको छ कि ? राजश्व आउन बाधक बनेको छ कि । केही कर्मचारीलाई रोजगारी प्रदान गर्ने र राज्यले पाल्ने मात्रै भएको छ कि ? त्यसको बारेमा जानकारी राख्नुपर्छ ।

व्यस्थापन राम्रोसँग गर्नुपर्यो । निजी क्षेत्रलाई दिने हो भने दिनुपर्छ, होइन भने नेपाल सरकारले पूरै प्रयोग गर्नुपर्यो । बोझको रुपमा रहन भएन । यो तारागाउँको जग्गाको विषय उठिरहेको छ । हयात होटलले लिनका लागि राज्यको सेयर घटाउदै लगिरहेको छ । २२ प्रतिशतबाट ९ प्रतिशतमा झारिसकेको छ । सांसद प्रेम सुवालले समितिबाट नै तारागाउँमा गएर अवलोकन गर्नुपर्ने औंल्याए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  २ : ४९ बजे